काठमाडौं, ५ फागुन । सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ संसद्मा पेश भइसकेको छ ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी माघ १० गते बस्ने प्रतिनिधि सभा बैठकबाट उक्त विधेयक फिर्ता लिने निर्णय भएको जानकारी गराएकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा उक्त विधेयक अगाडि बढाइएको थियो ।