काठमाडौं, ५ माघ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशी उत्पादनका वस्तु प्रयोग गर्न परिपत्र गरेको छ। मन्त्रालयले मन्त्रालय मातहतका निकायरूले आयोजना गर्ने कार्यक्रम, अतिथि सत्कार एवम् चिया खाजामा अनिवार्यरुपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने परिपत्र गरेको हो।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सरकार मातहतका निकाय तथा अन्य आयोगलाई अतिथि सत्कार एवम् चिया खाजामा नेपाली उत्पादन प्रयोग गर्न भनेको हो।
हेर्नुहोस् परिपत्र