काठमाडौं, ६ फागुन । सप्तरीमा एक महिलाले आत्मदाह गरेकी छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ की ४० वर्षीया राजुदेवी शाहले शुक्रबार आत्मदाह गरेको प्रहरीले जनाएको छ ।
उनले घरमा कोही नभएको बेला शौचालयमा पसेर शरीरमा आगो लगाएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय आत्मदाह र आत्महत्याका घटनामा वृद्दि भएको छ । सांसद बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले आत्महत्याका घटना रोकथामका लागि सरकार गम्भीर हुने बेला आएको भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।