Logo

राष्ट्रपतिको मिसन लिएर निधिले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । आज (शनिबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर निधिले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा निधिले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गराउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । एमालेलाई सभामुख र राष्ट्रपति दुवै दिँदा प्रधानमन्त्री थप दवाबमा पर्ने भन्दै निधिले शक्ति सन्तुलनका लागि पनि राष्ट्रिय सहमति गरी कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेसका नेताहरुले माओवादी केन्द्रसँगको सम्बन्धलाई थप बलियो बनाउने प्रयास गरेका छन् । माओवादी र कांग्रेसबीचको हिमचिमले नेपाली राजनीतिको ‘किङ मेकर’ बनेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि झस्किएका छन् । गत पुष १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेको भागमा परेको र त्यो सहमतिबाट पछि हट्न नसकिने एमालेको शीर्ष नेताहरुले बताउँदै आएका छन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्