काठमाडौं, ६ फागुन । काठमाडौं महानगरपालिकाले न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । महानगरले आगामी चैत २४ र २५ गते न्यायीक समितिको राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
स्थानीय तहमा हुने गरेका न्याय सम्पादनको अनुभव आदान–प्रदान गर्नका लागि दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायीक समिति मूल समारोह समिति’ गठन भएको छ ।