Logo

नेपालको ५० रन पूरा



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालले ५० रन पूरा गरेको छ।

नेपालले १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा १२.० ओभरमा १ विकेट गुमाउँदै ५० रन जोडेको छ।

नेपालका लागि आशिफ शेख ३५ बलमा २८ रन बनाउँदै र ज्ञानेन्द्र मल्ल ३५ बलमा १६ रन बनाउँदै क्रिजमा रहेका छन्।

यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४ बलमा १ रन जोड्दै आउट भएका छन्।



प्रतिक्रिया दिनुहोस्