काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालले १०० रन पूरा गरेको छ।
नेपालले १ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।
टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा २०.३ ओभरमा १ विकेट गुमाउँदै १०० रन जोडेको छ।
नेपालका लागि आशिफ शेख ६१ बलमा ४७ रन बनाउँदै र ज्ञानेन्द्र मल्ल ५९ बलमा ४५ रन बनाउँदै क्रिजमा रहेका छन्।
यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४ बलमा १ रन जोड्दै आउट भएका छन्।