Logo

१४८ रनमा गुमायो नेपालले दोस्रो विकेट



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो। नेपालका लागि ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट भएका हुन्। उनले ७४ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६५ रन जोड्दै आउट भएका हुन्।

यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४ बलमा १ रन जोड्दै आउट भएका छन्।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा २६.१ ओभरमा १ विकेट गुमाउँदै १४८ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot