Logo

नेपालका लागि ८१ रन जोड्दै आउट भए आशिफ



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालका लागि खेलिरहेका आशिफ शेख ८१ रन जोड्दै आउट भएका छन्।

उनले ९८ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ८१ रन जोड्दै आउट भए।

यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४ बलमा १ रन जोड्दै आउट भएका छन्।

यस्तै ज्ञानेन्द्र मल्ल आउट ७४ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६५ रन जोड्दै आउट भए।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा ३१.२ ओभरमा २ विकेट गुमाउँदै १६९ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot