Logo

पशुपतिमा रुद्राक्ष व्यवसायी संघले बाड्यो रुद्राक्षलगायतका समाग्री



काठमाडौं, ६ फागुन । महाशिवरात्री पर्वको अवसरमा पशुपति मन्दिर क्षेत्रमा रुद्राक्ष व्यवसायी संघले विभिन्न समाग्रीहरु निःशुल्क वितरण गरेको छ।

महाशिवरात्री पर्वको अवसरमा रुद्राक्ष व्यवसायी संघले मेलामा आउने भक्तजनहरुलाई ११ हजार पानीका बोतल, ११ हजार जुसका बोतल र ११ हजार रुद्राक्ष माला नि:शुल्क रुपमा वितरण गरेको रुद्राक्ष व्यवसायी संघका उपाध्यक्ष अगम सिङ्ह राईले बताए।

हरेक वर्ष यस्तो सेवा प्रदान गर्दै आएको संघले आगामी वर्ष सहयोग सामाग्रीको मात्रालाई बढोत्तरी गर्ने भएको छ । उपाध्यक्ष राईले आगामी वर्ष भने ५१ हजार रुद्राक्षको माला निःशुल्क वितरण गरिने योजना सुनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot