Logo

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा



काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुण चौधरी रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आम माफि पाउनेमा चौधरीको नाम पनि समावेश भएको थियो।

उनी कैलाली कारागारमा थुनामा रहेका थिए । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय ९५ कैदी बन्दीको सजाय माफी दिएकी हुन् । उनीसँगै कैलाली कारागारबाट रिहा हुने चार जनाको नाम समावेश भएको छ ।रिहा भएका सांसद चौधरीको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता कार्यकर्ता कारागारमा पुगेको थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्