Logo

राष्ट्रपति निर्वाचनसँग सत्ता गठबन्धनलाई जोड्न मिल्दैन– देव गुरुङ



काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पक्ष र विपक्षमा नभनी साझा व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने बताएका छन् । आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरुङले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पक्ष र विपक्ष नभनी विश्वासको मत पाएको स्मरण गर्दै उनले संवैधानिक राष्ट्रपतिमा राष्ट्रिय सहमति सबैभन्दा उत्तम विकल्प भएको बताए । राष्ट्रपतिको साझा विकल्पमा अहिलेको सत्ता गठबन्धनसँग उक्त कुरा जोड्न नमिल्ने उनको तर्क छ । संविधान गणतन्त्र र परिवर्तनको रक्षाका लागि समर्पित हुने व्यक्ति राष्ट्रपपतिका लागि उपयुक्त हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot