Logo

म माथि राजनीतिक प्रतिशोध साँधियो– सांसद चौधरी



काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । आज (आइतबार) प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी भाएर कैदमुक्त भएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका हुन् ।

‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो,’ उनले भने । उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई करिब १२ वर्ष पहिले ट्याक्टर जलाएको अभियोगमा अदालतले छ महिना कैद र जरिवाना सजाए सुनाएको थियो । उनलाई अदालतले तोकेको कैद भुक्तानका लागि पक्राउ गरी कारागार चलान गरिएको थियो । सांसद चौधरी १८ दिनको जेल बसाइँपछि आम माफी पाएर रिहा भएका हुन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्