Logo

लालबन्दी नगरपालिकाले ८ महिनामा गर्‍यो २८ करोड खर्च



  • बखतियार अलि

सर्लाही, ७ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्षमा हालसम्म २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

नगरपालिकाले १ अर्ब १६ करोड ७८ लाख ८५ हजार चालु आवको जम्मा विनियोजित बजेटमध्ये दोस्रो चौमासिकसम्म २८ करोड मात्र बजेट खर्च भएको योजना अधिकृत रेवती प्रसाद पौडेलले जानकारी दिए।

मुनाल सामुदायिक संस्थाले आयोजना गरेको नगरस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सो जानकारी दिएका हुन्।

लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरेको प्रगति विवरणअनुसार शिक्षा, स्वास्थ्य, कृषि, सडक निर्माण तथा समाजिक सुधारलगायत ३७ वटा शिर्षकहरुमा उल्लेखनीय कार्यहरू गरेको प्रगति विवरणमा नगरप्रमुख अधिकारीले बताए।

माघ मसान्तसम्मको आयव्यय विवरण अनुसार कुल वार्षिक बजेटको चालु खर्च ३५.४३ प्रतिशत खर्च भएको उनले बताए। त्यस्तै हालसम्मको पुजीगत खर्च १०.४२ प्रतिशत रहेको छ। हाल सम्मको आम्दानी आन्तरिक स्रोतबाट ५७.९ प्रतिशत खर्च भएको नगरप्रमखु अधिकारीले बताए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका १७ वटै वडाका जनप्रतिनिधि, कर्माचारी तथा सेवाग्राहीहरुको सहभागीता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्