Logo

बहुदलीय व्यवस्थामा राष्ट्रिय सहमति खोज्नु मुर्खता हो– बालकृष्ण न्यौपाने



काठमाडौं, ७ फागुन । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहुलयीय व्यवस्थामा राष्ट्रिय सहमति खोज्ने काम मुर्खता भएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनका ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय सहमति खोज्दा पञ्चायती व्यवस्थाजस्तो दलविहीनताको अवस्था सिर्जना हुने बताएका हुन् ।‘बहुदलीय व्यवस्थामा राष्ट्रिय सहमति खोज्नु भनेको अर्को मुर्खता हो । यसको लागि त पञ्चायती व्यवस्था नै ठीक उहाँहरुलाई,’ उनले भने ।

नेपालमा बोल्ने र गर्ने कुरामा भिन्नता रहेको बताउँदै उनले प्रचण्डले रोल्पामा बसेर भारतले दिएको बन्दुकले युद्ध लडेको आरोप लगाए । साथै, साम्राज्यवादी  अमेरिका भनेर विरोध गर्ने प्रचण्डले नै एमसीसी जस्तो परियोजना पारित गर्न सहयोग गरेको भन्दै नेपाली राजनीतिक दलमा बोलि र गराइमा कुनै तारतम्यता नरहेको बताए । ‘पञ्चायत र कम्युनिष्टको सिद्धान्त दलविहीनता नै थियो । दलविहीनताको सिद्धान्तबाट उहाँले मान्छे मार्न थाल्नु भएको हो । रोल्पाबाट सुरुङ युद्ध लड्न थाल्नुभयो । बन्दुक, पैसा र बासस्थान चाहीँ भारतले उपलब्ध गराउँदो रहेछ । अमेरिकन साम्राज्यवाद भन्नुभयो पहिले एमसीसी ल्याएर पास गराउनु भयो । यहाँ बोल्ने र गर्ने कुरा अलग–अलग छ ,’ उनले भने ।

दलीय व्यवस्थामा जनताले दलको सिद्धान्तका आधारमा मतदान गर्ने भन्दै उनले दलले आफ्नो सिद्धान्तमा कम्परमाइज गर्न नहुने बताए । मंसिर ४ पछि राजनीतिमा पद बाहेक अरु कुनै छलफल नभएको न्यौपानेको आरोप छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो पदका लागि भएको छलफल गरिबी निवारण र युवाहरुको रोजगारीका लागि भएको भए नेपालले विकास र समृद्धिको फड्को मारिसक्ने उनको बुझाइ छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्