Logo

राष्ट्रपति निर्वाचनपछि मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्छ : अध्यक्ष नेपाल



काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिक कोर्स टुंगो लाग्ने बताएका छन्।

एकीकृत समाजवादीको भातृसंगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिक कोर्स टुंगो लाग्ने बताएका हुन्।

उनले भने, ‘राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्छ। सबै पद आफैं लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्र भन्न सकिन्छ।’



प्रतिक्रिया दिनुहोस्