Logo

टर्की र सिरियापछि ओमानमा भूकम्प



एजेन्सी । टर्की र सिरियापछि ओमानमापनि भूकम्प गएको छ। ओमानको बन्दरगाह शहर डुक्ममा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।

डुक्ममा ४.१ रेक्टर स्केलको भूकम्प गएको सुल्तान काबूस विश्वविद्धालयको भूकम्प निगरानी केन्द्रले टि्वट गर्दै जनाएको छ।

निगरानी केन्द्रका अनुसार मस्कटबाट ४५० किमी दक्षिण-पश्चिम डुक्म क्षेत्रमा झट्काको महशुस भएको छ। भूकम्पबाट भएको क्षतिको बिवरण आउन बाँकी रहेको भूकम्प निगरानी केन्द्रले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot