Logo

प्रचण्ड भेट्न रवि लामिछाने बालुवाटारमा



काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज (सोमबार) विहान प्रधानमन्त्री प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

लामिछानेले प्रधानमन्त्रीसँगको भेटवार्तामा नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनका बारेमा छलफल गरेका छन् । पछिल्लो समय राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर दलका शीर्ष नेताहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्