Logo

उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सन्दीपको तयारी



काठमाडौं, ८ फागुन । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । नाबालिका बलात्कार आरोपमा थुनामा रहेका लामिछाने गत पुष २८ मा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

धरौटी रकम धेरै भएको र विदेश जान रोक लगाइएको भन्दै सर्वोच्च जाने तयारी भएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । भोलिसम्म सर्वोच्चमा निवेदन दर्ताको तयारी रहेको घिमिरेले बताए ।

‘हो, हामी सर्वोच्च जाने तयारीमा छौं । खेलाडिलाई २० लाख रुपैयाँ धरौटी बढी भयो । उ आफैं हाजिर हुन आएको मान्छेलाई बाहिर (विदेश) खेल्न जान रोकिएको छ, त्यो अन्याय भयो भनेर सर्वोच्च जाने तयारी गरेका हौं,’ अधिवक्ता घिमिरेले भने ।



प्रतिक्रिया दिनुहोस्