Logo

जन्मकैदको सजाय पाएकालाई राष्ट्रपति भण्डारीको आममाफी



काठमाडौं, ८ फागुन । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय ८१ जना कैदी बन्दीको सजाय आममाफी दिएकी छन् । प्रजातन्त्र दिवसको अवसरमा आम माफी पाउनेमा उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा जन्मकैदको सजाय पाएका माओवादी नेता पुष्कर गौतम पनि रहेका छन् ।

ओखलढुंगाको कटारीमा भएको उज्जन श्रेष्ठको हत्यामा उनको पनि संलग्नता रहेको भन्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । राष्ट्रपतिले आम माफी दिएसँगै उनी रिहा भएका छन् । उज्जन श्रेष्ठ प्रकरणमा माओवादी नेता बालकृष्ण ढुंगेलसहित नौ जनाविरुद्ध अदालतले सजाय सुनाएको थियो । ढुंगेल र गौतमलाई भने सर्वश्वसहित जन्मकैदको सजाए सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका गौतम २०७१ सालमा पक्राउ परेर जेल चलान भएका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्