Logo

रास्वपाको मकवानपुर जिल्ला सभापतिमा भरत पराजुली



काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुर जिल्ला सभापतिको जिम्मेवारी भरत पराजुलीलाई दिएको छ । यसभन्दा अघि सभापति रहेका राजकुमार न्यौपानेलाई गत मंसिरमा भएको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सघाएको आरोप लागेको थियो ।

कांग्रेसलाई निर्वाचनमा सघाएको आरोप लागेसँगै न्यौपानले सभापति रवि लामिछाने समक्ष राजीनामा बुझाएका थिए । रास्वपाले हिजो हेटौडामा एक कार्यक्रमको आयोजना गरी सभापतिको जिम्मेवारी पराजुलीलाई दिएको हो ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्