Logo

राष्ट्रपतिको मिसन लिएर माधव नेपालले भेटे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (सोमबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

छलफलमा प्रधानमन्त्री दाहाल र नेता नेपालबीच आगामी फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका बारेमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर साझा उम्मेदवार बनाउने पक्षमा छन् । नेकपा (एमाले) ले भने गत पुष १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा नै एमालेको भागमा राष्ट्रपतिको सहमति भएको भन्दै सहमतिबाट पछाडि नहट्ने बताउँदै आएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्