Logo

प्रधानमन्त्री प्रचण्ड अस्थिर हुनुभयो– योगेश भट्टराई



काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफूहरुले अहिलेको सत्ता गठबन्धन टुटाउन नचाहेको बताएका छन् । आज (मंगलबार) प्रेस चौतारीले दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले एमालेले अहिलेको गठबन्धन जोगाउन चाहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर बनेको बताए ।

‘एमालेको कारण कुनै हालतमा यो गठबन्धन टुट्दैन् । तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ। अस्थिर राजनीतीले हामी कसैलाई फाईदा हुँदैन्,’ उनले भने । साथै, सत्ता गठबन्धनकै साझा उम्मेदवार राष्ट्रपति बन्ने उनको दाबी छ । नेपाली कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गर्ने कुरा नैतिकताले पनि नदिने उनको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस्