Logo

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था नर्मल



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताइएको छ । आज (मंगलबार) डा. भण्डारीले दोहोरो संवाद गरेका मुम्बईमा रहेका माधव न्यौपानेले बताएका छन् ।

न्यौपानेका अनुसार डा. भण्डारीलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । स्वाथ्य पारामिटर सबै नर्मल रहेको छ । ‘आज पहिलो पटक दोहोरो संवाद गरेको छु।भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ।कल्चर रिपोर्ट आज आउदै छ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन।सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गईरहेको छ,’ उनले लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्