Logo

स्कटल्याण्डले नेपाललाई दियो २ सय १३ रनको लक्ष्य



काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै २ सय १२ रन जोडेको छ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिदाँ करन केसीले ३ विकेट लिए।

यस्तै ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए।

स्कटल्यान्डका लागि कायल कोट्जर २२ रन जोड्दाँ जर्ज मुन्सेले ६० रन जोडे।

क्रिस्टोफर म्याकब्रिजले २२ रन जोडे।



प्रतिक्रिया दिनुहोस्