Logo

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता



काठमाडौं, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्  । ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन् । उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ,’ भेटमा प्रधानमन्त्री प्रचण्डले भने ।

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं– ४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस्