Logo

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सापकोटा



काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। सापकोटा माओवादी नेता अग्नी सापकोटाको छोरा हुन्।

चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली र प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्