Logo

६१ रनमा नेपालले गुमायो पाँचौ विकेट



काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।

नेपालले सन्दीप जोरालाई गुमाएको छ। उनी ८ बलमा १ रन जोड्दै आउट भएका हुन्।

यसअघि नेपालले पहिलो विकेटकारुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी ४ बलमा १ रन जोड्दै आउट भएका हुन् भने दोस्रो विकेटकारुपमा अर्का ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख २३ बलमा १२ रन जोड्दै आउट भएका हुन्।

तेस्रो विकेटकारुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। मल्ल ३० बलमा २१ रन जोड्दै आउट भएका हुन्। यस्तै, चौथो विकेटकारुपमा कुशल मल्ललाई गुमाएको छ। उनी २८ बलमा १७ रन जोड्दै आउट भएका हुन्।

नेपाल ताजा अवस्थामा १८.४ ओभरमा ३ विकेट गुमाउँदै ६१ रनमा खेलिरहेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot