Logo

नेविसंघको सप्ताहव्यापी कार्यक्रम धनुषामा पनि मनाइयो



काठमाडौं, ९ फागुन । नेपाल विद्यार्थी संघले ७३ औँ प्रजातन्त्र दिवसको अवसर पारेर सप्ताहव्यापीरुपमा देशभरका सरकारी विद्यालय, विश्व विद्यालय, क्याम्पसहरुमा राष्ट्रिय झन्डा राख्ने, वृक्षारोपण र सरसफाई कार्यक्रम धनुषामा पनि मनाइएको छ।

नेविसंघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार नेविसंघ धनुषा जिल्ला कार्यसमिति र ठाकुर राम बहुमुखी क्याम्पसले स्ववियु निर्वाचन केन्द्रित सप्ताहव्यापी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरुमा विजय हासिल गर्ने र सहभागिता जनाउने विद्यार्थी साथीहरूलाई औपचारिकरुपमा पुरस्कर वितरण एवं समापन कार्यक्रम सम्पन्न गरेको हो।



प्रतिक्रिया दिनुहोस्