काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ।
नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेल जित्दै सिरिज विजेता बनेको हो।
फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए।
सिरिज अन्तर्गत आजभएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डले हराएको हो।
नेपालले शुक्रबार पनि स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो भने नामिबियाविरुद्ध पनि दुई खेल नै जितेको थियो।
तस्बिर : मुकुन्द कालिकोटे