Logo

राष्ट्रपति निर्वाचन– आज मतदाता नामावली प्रकाशन हुने



काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गर्न लागिएको हो ।

आगामी फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय संसद्अन्तर्गतका दुवै सदनका सदस्यहरु र प्रदेशसभाका सांसद मतदाताको रुपमा रहेका हुन्छन् । आज मतदाता नामावली प्रकाशन भएसँगै फागुन १३ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने प्रधानमन्त्री प्रचण्डको बटमलाइन छ ।

 



प्रतिक्रिया दिनुहोस्