Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने



काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक आज (बु्धबार) दिउँसो १ बजेबाट पार्टी कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने खतिवडाले बताए । राष्ट्रपति चयनका लागि आगामी फागुन २५ मा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताहरुको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी, आगामी १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । एकीकृत समाजवादीको अध्यक्षसमेत रहेका माधवकुमार नेपालको नाम पनि सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवारमा चर्चा रहेको छ । आजको बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीको भूमिकाका बारेमा ठोस निर्णय लिने खतिवडाले बताए ।

 



प्रतिक्रिया दिनुहोस्