Logo

राष्ट्रपति निर्वाचन– आयोगले सार्वजनिक गर्‍यो मतदाता नामावली



काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज (बुधबार) आठ सय ८१ जना मतदाताको नामावली सार्वजनिक गरेको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्अन्तर्गतका दुवै सदनका सदस्य र प्रदेश सभा सदस्यहरु मतदाताको रुपमा रहेका हुन्छन् । आगामी फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने र फागुन २५ मा निर्वाचन गर्ने आयोगको कार्यतालिका छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा संघीय संसद्अन्तर्गत दुवै सदनका सदस्य तीन सय ३१, प्रदेश सभाका सदस्य पाँच सय ५० जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्