Logo

राष्ट्रपति निर्वाचन– यी तीन सांसदले मतदान गर्न नपाउने



काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनामा मतदान गर्ने मतदाताहरुको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज (बुधबार) नामावली सार्वजनिक गरेको हो । राष्ट्रपति निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी र कांग्रेस सांसद टेकबहादुर गुरुङले मतदान गर्न पाउँदैनन् । उनीहरु संघीय संसद् सचिवालयको निलम्बन सूचीमा छन् ।

चौधरीलाई ट्याक्टर जलाएको मुद्धामा प्रहरीले पक्राउ गरी अदालतको आदेश कार्यान्वयनका लागि कारागार चलान गरेको थियो । प्रजातन्त्र दिवसको अवसरमा चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी छन् । आज बसेको प्रतिनिधि सभा बैठकले सांसद चौधरीको निलम्बन फुकुवा गरेपनि मतदाता नामावलीमा उनको नाम छैन । त्यसैगरी कांग्रेस सांसद गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा छ ।

नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदानको लागि सहभागी नहुने निश्चित छ । उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरिसहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । उनलाई प्रहरीले जुनसुकै बेला पक्राउ गर्नसक्ने भएकाले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्