Logo

नागरिक उन्मुक्तिका सांसद चौधरीको निलम्बन फुकुवा



काठमाडौं, १० फागुन । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित संघीय सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकले सांसद चौधरीको निलम्बन फुकुवा गरेको हो । सभामुख देवराज घिमिरेले संसद्मा चौधरीले आममाफी पाएको सम्बन्धी गृहमन्त्रालयको पत्र पढेर सुनाएका हुन् ।

करिब १२ वर्षअघि ट्याक्टर जलाएको अभियोगमा पक्राउ परेका चौधरीलाई अदालतको आदेश कार्यान्वयनका लागि कारागार चलान गरिएको थियो । कारागार चलाउन भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो । उनलाई प्रजातन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्