Logo

संसद्मा प्रभु साहको प्रश्न– विद्युत प्राधिकरण सरकारको कानुनमा चलेको छ की गिरोहले चलाएको छ ?



काठमाडौं, १० फागुन । रौतहट–३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण सरकारको कानुनभन्दा बाहिर चलेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले रौतहटमा गत फागुन ६ गते शिवरात्रिको अवसरमा विद्युत प्राधिरकणले लाइन काटेको प्रसंग जोड्दै प्रश्न उठाएका हुन् ।

‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन ? जान्न चाहन्छु । नेपाल सरकारकै कानुनअनुसार चलिरहेको छ वा कुनै एउटा गिरोहले चलाइरहेको छ ? विद्यृुत प्राधिकरणका एमडी नेपाल सरकारको कानुनभित्र छन् वा कानुनभन्दा माथि हो ? जान्न चाहन्छु । विद्युत प्राधिकरणका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दैन ?,’ उनले प्रश्न गरे ।

शिवरात्रिको अवसरमा रौतहटको एक प्रचीन मन्दिरमा लगाइएको महायज्ञमा विद्युत काटिएको र प्रमुख जिल्ला अधिकारीले विद्युत काट्ने कर्मचारीमाथि छानविन गर्ने बताएपछि मात्रै विद्युत दिएको उनले बताए । सेवाग्राहीले कर्मचारीलाई सोध्न जाँदा आक्रमण भएको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्