Logo

स्वास्थ्य विमा बन्द हुने अवस्थामा पुगेको भन्दै तोसिमाले गराईन् संसद्को ध्यानाकर्षण



काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको भन्दै संसद्को ध्यानाकर्षण गराएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा. कार्कीले जनताको स्वास्थ्य, दैनिकी र जिविकोपार्जनतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताएकी हुन् ।

‘हामी समाजवाद भनेर कहिल्यै थाक्दैनौं । तर, समाजवाद भन्दा फरक व्यवहार र पद्धतिको विकास गरिरहेका छौं । हाम्रो सार्वजनिक स्वास्थ्य संस्थाको अवस्थालाई हेरेमात्रै हामी नेतृत्व कति उदासिन छौं भन्ने कुरा प्रष्ट हुन्छ । नेपाल सरकारले ल्याएको लोकप्रिय कार्यक्रम स्वास्थ्य विमा बन्द हुने अवस्थामा पुगेको छ । स्वास्थ्य विमा बोर्डका अध्यक्षले हालसालै मात्र राजीनामा दिनुभएको छ । त्यसको मुख्यकारण हो अहिलेको स्वास्थ्य विमाको मोडल,’– उनले भनिन् ।

साथै, अहिले लोकतान्त्रिक र समाजवादी स्वास्थ्य विमाको मोडल आवश्यक रहेको उनको भनाई छ । उक्त मोडल व्यवस्थापनका लागि समतामूलक अवधारण आवश्यक रहेको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot