Logo

जातीय विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्न सांसद परियारको माग



काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जीवन परियारले अझै पनि जातीय विभेद अन्त्य नभइसकेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद परियारले संयुक्त राष्ट्रसंघले ‘सबै प्रकारका जातीय विभेदको अन्त्य सम्बन्धी महासन्धी’ पारित गरेको महासन्धिमा नेपालले हस्ताक्षर गरेको ५३ वर्ष भइसक्दा पनि जातीय विभेद कायमै रहेको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले जातीय विभेद सम्बन्धी भएका विभिन्न विभेदको उदाहरण दिँदै यसको अनत्यको लागि संसद् गम्भीर हुनुपर्ने बताए ।

‘संयुक्त राष्ट्रसंघले पारित गरेको ‘सबै प्रकारका जातीय विभेदको अन्त्य सम्बन्धी महासन्धी’ मा नेपालले सन् १९७१ मा हस्ताक्षर गर्यो । आज ५३ वर्ष भइसक्यो । यतिमात्रै होइन, ०६२/६३ को आन्दोलनपछि हामीले ०६३ साल जेठ २१ गते यसै सदनबाट जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गर्यौं । ०६३ सालदेखि आजसम्म झण्डै १६,/१७ वर्ष भइसकेको छ । हामीले आजभन्दा तीन वर्ष पहिला जाजरकोटका नवराज विक, रुकुमक पश्चिममा एक जना शाहीसँग विवाह गर्ने क्रममा विक लगायत छ जनाको कुटी–कुटी हत्या गरिएको घटना ताजा नै छ,’ उनले भने ।

जातीय विभेद र अन्त्यका लागि भएका कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि उनले संसद्को ध्यानाकर्षण गराए ।

 

 



प्रतिक्रिया दिनुहोस्