Logo

कसलाई चाहन्छन् प्रचण्डले कांग्रेसबाट राष्ट्रपति ?



काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरुको दौडधुप बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा वकालत गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड कांग्रेससहितको राष्ट्रिय सहमतिको पक्षमा छन् । तर, सत्ता साझेदार दल नेकपा (एमाले) भने गत पुष १० मा भएको सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने बताउँदै आएको छ ।

नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा रामचन्द्र खड्काको चर्चा हुँदै आएपनि प्रधानमन्त्री प्रचण्डले उनलाई नचाहेको खुलासा भएको छ । प्रचण्ड निकट स्रोतका अनुसार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा वा कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिको उम्मेदवारका रुपमा चाहेको बताइएको छ ।

आगमी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली आज प्रकाशन भइसकेको छ । आगामी फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्