काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का नेता डा. भीम रावलले नेपालमा विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथालेको भन्दै आपत्ति जनाएका छन् । आज (बिहिबार) सामाजिक सञ्जालमार्फत् डा. रावलले नेताहरुका कारण नेपाली राजनीतिमा विदेशीको चलखेल सुरु भएको बताएका हुन् ।
केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय राजदूत नविन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतको सक्रियतालाई लक्षित गर्दै उनले भनेका छन्– ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ? नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।