Logo

राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई साथ दिए सरकार छाड्छौं– योगेश भट्टराई



काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले पुष १० को सहमति बाहिर गएर राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे आफूहरु सरकार छाड्ने बताएका छन् ।

आज (बिहिबार) प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले कांग्रेसलाई साथ दिएको खण्डमा एमालेले दुई वटा डुङ्गामा खुट्टा नहाल्ने स्पष्ट पारेका हुन् ।
उनले अझैपनि एमालेले नै प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बन्ने र प्रचण्ड सहमति कार्यान्वयनका लागि इमानदार हुने आफूहरु विश्वस्त रहेको बताए ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्