Logo

संकटमा सत्ता गठबन्धन– माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक बस्दै



काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुको संयुक्त बैठक बस्ने भएको छ । आज (बिहिबार) दिउँसो तीन बजे तीन दलका शीर्ष नेताहरु छलफलमा बसी राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिसहितको राष्ट्रपतिको पक्षमा छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने एमालेले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडानमा छन् । प्रचण्ड एमालेसँग त्यत्तिधेरै ढुक्क छैनन् ।

आज हुने तीन दलको शीर्ष नेताहरुको छलफलले राष्ट्रपतिको उम्मेदवार बारेमा निर्णय लिने बताइएको छ । राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि लविङ गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरी राष्ट्रपतिमा अध्यक्ष नेपालकै नाम सिफारिस गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा अथवा कृष्णप्रसाद सिटौलालाई राष्ट्रपति बनाउन सकारात्मक छन् ।



प्रतिक्रिया दिनुहोस्