Logo

राष्ट्रपति निर्वाचनलाई लिएर माओवादी र जसपा नेताहरुबीच छलफल सुरु



काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) र जनता सामाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल सुरु भएको छ । नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनको विषयलाई लिएर दुई दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको हो ।

छलफलमा माओवादीबाट प्रधानमन्त्रीसमेत रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायतका नेताहरु सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेता छलफलमा सहभागी छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्