Logo

राष्ट्रपति निर्वाचनको रणनीति बनाउन एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (शनिबार) विहान ९ बजे च्यासलमा बस्ने बताइएको छ । सचिवालय बैठकले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय गर्ने बताइएको छ । गत पुष १० मा प्रधानमन्त्री प्रचण्डसँग भएको सहमति अनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

माओवादीले भने पुष १० मा भएको सहमतिलाई पुष २६ मा कांग्र्रेसले विश्वासको मत दिँदै गर्दा कोर्ष करेक्सन भएको भन्दै राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनुपर्ने अडान राख्दै आएको छ । आगामी फागुन २६ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय भोलि (फागुन १३ गते) तोकिएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot