Logo

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिएको भन्न मिल्दैन– झक्कु सुवेदी



काठमाडौँ, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीले पुष १० मा राष्ट्रपतिका बारेमा कुनै सहमति नगरेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष १० मा कुनै लिखित सहमति नभएकाले एमाले लाई धोका दिएको भन्न नमिल्ने बताएका हुन् ।

‘अहिले सरकारमा रहेको पार्टीमध्ये सबैभन्दा ठूलो पार्टी एमाले नै हो । बढी मन्त्री पनि एमालेकै छन् । तीन वटा मुख्यमन्त्री पनि एमालेकै हुनुहुन्छ । राजनीतिक नियुक्तिमा पनि पार्टीका नेता भइराख्नु भएको छ । हामीले धोका दिएको भन्न मिल्दैन । प्रचण्ड प्रधानमन्त्री कस्तो अवस्थामा हुनु भएको हो भनि फुटबल खेल (सत्ताको खेल) चलिरहेको थियो । खेलमा उहाँ गोल हान्ने ठाउँमा पुग्नु भएको थियो । एमालेले पास दियो गोल हानिदिनु भयो । त्यसरी उहाँ प्रधानमन्त्री बन्नुभएको हो । प्रचण्डजीलाई ओलीजीले माया गरेर प्रधानमन्त्री बनाउनु भएको होइन,’– उनले भने ।

पुष १० मा भएको सहमति पनि पुष २६ सम्म आइपुग्दा परिवर्तनको अवस्थामा पुगेको उनले बताए । संसद्मा भएको दुई सदस्यमध्ये अरु सबैले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले यस्तो अवस्थामा राष्ट्रिय सहमतिको राष्ट्रपति आवस्यक रहेको उनले बताए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्