Logo

राज्यले पानी नआउने धारा राखेर नियमित शुल्क असुल गरिरहेको छ– प्रदीप पौडेल



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका युवा नेता एवं संघीय सांसद प्रदीप पौडेलले राज्यले काठमाडौं उपत्यकामा पानी नआउने धाराबाट पनि शुल्क असुुली गरेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौंका करिब ६५ प्रतिशत घरहरुमा धारा भएपनि पानी नआउने समस्या रहेको  बताएका हुन् ।

‘सरकारको खानेपानी सम्बन्धमा नारा छ– ‘राज्यको अभिभारा, एक घर एक धारा ।’ राजधानी काठमाडौं उपत्यकाको करिब ६५ प्रतिशत घरहरुमा धारा छ तर, पानी आउँदैन । राज्यले पानी नआउने धारा राखेबापत शु्ल्क भने नियमित लिइराखेको छ । उपत्यकामा धेरै घरहरुमा जमिन मुनिको पानी र ट्याङ्करबाट आपूर्ति गरेर पानीको आवश्यकता पूर्ति गर्ने बाध्यता छ,’– उनले भने ।

साथै, काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्चीबाट ल्याइएको पानी पनि चुहावट भइरहेको भन्दै उनले संसद्को ध्यानाकार्षण गराए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot