Logo

ओलीलाई प्रचण्डको शुभकामना, राष्ट्रपति निर्वाचनबारे छलफल सुरु



काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन्। बालुवाटारमा भेटेर नै ओलीलाई प्रधानमन्त्री प्रचण्डले जन्मदिनको शुभकामना दिएका हुन्।

अध्यक्ष ओलीले हिजो जन्मदिन मनाएका थिए। हिजो ओली र प्रधानमन्त्री प्रचण्डको भेट नहुदाँ आज भेटेर नै प्रधानमन्त्री प्रचण्डले जन्मदिनको शुभकामना र बधाई दिएका हुन्।

ओली अहिले राष्ट्रपति निर्वाचनका बारेमा प्रधानमन्त्री प्रचण्डसँग निर्णायक छलफलका लागि उनी बालुवाटार पुगेका हुन्।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको विघटित सत्ता गठबन्धनको छलफल भइरहेको बेला पुष १० को सहमति सम्झाउन ओली फेरि बालुवाटार पुगेका हुन्। अहिले दाहाल–ओलीबीच छलफल भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot