Logo

राष्ट्रपतिमा कांग्रेसको उम्मेद्‍वारलाई अन्य दलले सहयोग गरुन् भन्ने हाम्रो अपेक्षा : प्रवक्ता महत



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सांसद्‍ तथा प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेद्‍वारलाई अन्य दलले सहयोग गरुन् भन्ने कांग्रेसको अपेक्षा रहेको बताएका छन्।

संसद्‍ भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिमा कांग्रेसको उम्मेद्‍वारलाई अन्य दलले सहयोग गरुन् भन्ने कांग्रेसको अपेक्षा रहेको बताएका हुन्।

उनले भने,‘हामीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो। त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो। अन्य दलहरूले पनि सकारात्मक कुरा नै गर्नुभएको छ। त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ। आज बेलुकासम्म त्यहाँबाट एउटा निष्कर्ष निस्किन्छ। भोलि त नोमिनेसन गर्नु नै छ।’



प्रतिक्रिया दिनुहोस्