Logo

दिलीप हत्या प्रकरण : मुख्य योजनाकारलाई २५ वर्ष कैद



काठमाडौं, १२ फागुन । धनुषाका ओमप्रकाश महतो ‘दिलीप’का हत्या आरोपीहरुलाई अदालतले कैद सजाय सुनाएको छ।

जिल्ला अदालत धनुषाले आज मुख्य योजनाकार विपीन महतो र उनका कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ।

यस्तै, हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालतले फैसला गरेको हो।

२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा दिलीपको हत्या भएको थियो।



प्रतिक्रिया दिनुहोस्