Logo

कर्मचारीतन्त्रको अगाडि सरकार निरिह भयो– कांग्रेसका नेता शर्मा



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद् शुनिल शर्माले कर्मचारीतन्त्रको अगाडि सरकार निरिह भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पूवाञ्चल विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालनको काम कारबाही भइरहेको फाइल कर्मचारीले गायव गराएका बताए । मेडिकल शिक्षा सञ्चालनका लागि केन्द्रको निर्देशन भएपनि आफूहरु कर्मचारीका कारण हैरान भएको उनले बताए ।

कर्मचारीतन्त्र र कर्मचारीका अगाडि मैले सरकार निरिह भएको पाए । पास भएको कयौं दिन भइसक्यो आठ दश दिनपछि इन्ट्रान्स परीक्षा छ । फाइल घुमाको घुमाई । हामी मन्त्रालय धाएको धाइ छौं काम हुँदैन । फाइल गायव छ,’– उनले भने ।

साथै, फाइलको खोजी गरी यसै पटक देखि मेडिकल शिक्षा सञ्चालनको व्यवस्था मिलाउन उनले सरकार समक्ष आग्रह गरे । त्यसैगरी सुकुमबासी समस्या समाधानका लागि टाइमफ्रेम तयार गर्न पनि उनले सरकारलाई आग्रह गरे । सुकुम्बासी जनतालाई भोट बैंकको रुपमा मात्र प्रयोग नगर्न उनले आग्रह गरे । प्रेमप्रसाद आचार्यले सदनको अगाडि आएर आत्मदाह गर्दासमेत संसद् निरिह बनेको उनले बताए ।
गरिबको गीत सुनाएर कम्युनिष्ट बनाएकाहरु यी घटनाको मुकदर्शक बनेर बस्न नहुने उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot